अन्तर्राष्ट्रिय

फे हाइस्कुलमा बन्दुकधारीले गोली चलाउदा दश जनाको ज्यान गयो

नाहाउसटन । अमेरिकाको हाउसटनमा रहेको सान्ट फे हाइस्कुलमा एक जना बन्दुकधारीले गोली चलाउदा दश जनाको मृत्यु भएको छ ।

टेक्सास राज्यमा पर्ने हाउसटनको दक्षिण पूर्वीक्षेत्रमा रहेको सो विद्यालयमा शुक्रबार बिहान गोलीकाण्ड भएको टेक्सासका गभर्नर जर्ज अब्बोटले जानकारी दिएका छन् ।

विद्यालयनजिकै आयोजित पत्रकार सम्मेलनमा उनले घटनाका कारण अत्यन्त मर्माहित भएको बताए ।

घटनामा परी अरु दश जना घाइते भएका गभर्नर अब्बोटले पत्रकारलाई थप जानकारी दिए । रासस÷सिन्ह्वा