अन्तर्राष्ट्रिय

अमेरिकी हवाई कारबाहीमा दुई आइएस आतङ्ककारी मारिए

जलालाबाद, अफगानिस्तान । अफगानिस्तानको पूर्वीप्रान्त नान्गहारमा अमेरिकी र नेटोको नेतृत्वको संयुक्त गठबन्धन सेनाले गरेको हवाई कारबाहीमा परी दुई इस्लामिक स्टेट्स (आइएस)आतंककारी मारिएका छन् ।

प्रान्तीय सरकारले बिहीबार एक विज्ञप्तिमार्फत सो जानकारी दिएको छ । हस्का मिना जिल्लाको ककाला इलाकामा भएको सो कारबाहीमा दुई आइएस आतङ्ककारी मारिएका जारी विज्ञप्तिमा जनाइएको छ ।

अफगानिस्तानमा अमेरिका र नेटोको नेतृत्व रहेको संयुक्त सेनाले तालिबान र आइएस आतङ्ककारी लक्षित हवाई कारबाही गर्दै आएको छ ।