समाचार

जोरपाटी सडकको लाजमर्दो तस्बीर मेटाउन युवाहरु जागे

काठमाडौं । जोरपाटी चोक ओरालो देखि नारायनटार बाग्मती पुल सम्मको बाटो पुननिर्माणका लागि स्थानिय युवाहरु एकजुट भएका छन् । युवाहको पहलमा शुक्रबार सडकको स्तरोन्नती गरिने भएको हो । अत्यधिक धुलो, धूवा र पानी पर्दा हुने हिलोका कारण त्यहाँका बासिन्दा र ब्यबसायिहरुले सास्ती खेप्नु परेको छ ।

बिद्यालय जाने साना विद्यार्थि, नेपाल अपांग संग, नेपाल अर्थोपेडिक, नेपाल अपांग अस्पताल पनि त्यही क्षेत्रमा भएका कारणले विलचियर मा यात्रा गर्ने शारीरिक रुपमा अशक्त व्यक्तीहरुलाई ओहोरदोहोर गर्न सास्ती हुने गरेको नारायनटार युवा क्लबका अध्यक्ष धर्मथिङ लामाले बताए ।

अध्यक्ष लामाले खासगरी अशक्त र त्यो बाटो भएर आवतजावत गर्न हुने गरेको समस्यालाई मध्यनजर गर्दै सरकारको ध्यानाकर्षण गराउने बताएका छन् । विगतमा पनि युवा क्लब उक्त क्षेत्रको विकास निर्माणमा निरन्तर खटिरहेको अध्यक्ष लामाको भनाई छ । शुक्रबारको सडक पूनर्निर्माण र स्तरोन्नतीको काममा स्थानिय, महिला, बालक्लब, युवाक्लब, व्यावसायी, कलाकार, स्थानिय लगायतको सहभागिता रहने बताईएको छ ।