काठमाडौं । सरकारले जनताको दैनिकीमा प्रत्यक्ष असर गर्ने गरेर पेट्रोलियम पदर्थको मुल्य वृद्धि गरेको भन्दै कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ आन्दोलित भएको छ। नेवि संघले बुधबार प्रदशनीमार्गमा प्रर्दशन गरेको हो ।
नेपाल विद्यार्थी संघ सभापति नैनसिंह महरले सरकारले तत्काल मुल्य वृद्धि फिर्ता नगरे नेबि संघले देशभर बाट यो सरकारको भन्डाफोर गर्ने र आन्दोलनको आधिभेरी ल्याउने चेतावनी दिएका छन ।
बिरोध सभालाई सम्बोधन गर्दै महरले कम्युनिस्ट हरुको अर्को नाम झुठ हो भनेर बताएका छन ।
बिरोध सभालाई सभापति नैनसिंह महर र महामन्त्री सरोज थापाले सम्बोधन गरेका थिए ।