पु.समाचार

ओली सरकार गठनपछि पेट्रोलियम पदार्थको चारपटक मूल्य वृद्धि

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । आज बेलुका बसेको नेपाल आयल निगम सञ्चालन समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई/दुई रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

बुधवार राति १२ बजेपछि लागू हुने गरी बढाइएको मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर ११० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

एमाले अध्यक्ष प्रधानमन्त्री भएपछि आजसहित चार पटक मूल्यबृद्धी भएको छ ।