सूचना प्रविधि

अन्तर संस्थानस्तरीय हाजिरी जवाफ प्रतियोगितामा टेलिकम प्रथम

काठमाडौँ । सार्वजनिक संस्था कर्मचारी संगठन नेपाल राष्ट्रिय समितिले आफ्नो २९औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको अन्तर संस्थानस्तरीय हाजिरी जवाफ प्रतियोगितामा नेपाल टेलिकम समूह ‘ए’ प्रथम भएको छ ।

प्रज्ञा भवन कमलादीमा आज सम्पन्न भएको सो प्रतियोगितामा नेपाल दूरसञ्चार प्राधिकरण समूह द्वितीय र नेपाल टिम्बर कर्पोरेशनको समूह तृृतीय भएका छन् ।

प्रतियोगितामा नागरिक उड्डयन प्राधिकरण, नेपाल सांस्कृतिक संस्थान, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टिम्बर कर्पोरेशन, नेपाल टेलिकम ‘ए’ र नेपाल टेलिकम ‘बी’ समूहको सहभागिता रहेको थियो ।

गत वैशाख २७ गतेदेखि सञ्चालन भएको सो अन्तर संस्थानस्तरीय हाजिरी जवाफ प्रतियोगितामा २१ वटा सार्वजनिक संस्थानका ३८ समूहले भाग लिएका थिए ।