राजनीति

मुलुकको परराष्ट्र नीति अपरिपक्व– नेता भट्टराई

दमौली, तनहुँ । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा। बाबुराम भट्टराईले देशको परराष्ट्रनीति अपरिपक्व रहेको बताएका छन् ।

तनहुँको व्यास नगरपालिकामा आज आयोजित अन्तत्र्रिmयामा डा। भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा परराष्ट्र नीति अपरिपक्वका कारण धेरै विदेशी चलखेल बढेको बताए ।

“आन्तरिक मामिलामा सबै मिलेर अडान राख्न नसक्नु ठूलो कमजोरी नै देखियो” डा. भट्टराईले भने । मुलुकलाई विकास र समृद्धिमा अगाडि बढाउन सरकारले ठोस कार्यक्रम अगाडि बढाउनुपर्ने डा. भट्टराईको भनाइ थियो ।

उनले महर्षि वेदव्यास र भानुभक्तको जन्मभूमि तनहुँमा पर्यटकीय सम्भावना प्रशस्तै रहेकाले पर्यटन प्रबद्र्धनमा जोड दिनुपर्छ भने।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरले यो वर्ष स्थानीय तहले निर्माण गर्ने आवश्यक ऐन नियम कानुन बनाएकाले आगामी वर्षदेखि त्यसलाई कार्यान्वयन गर्दै लैजाने बताए।