राजनीति

कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति बैठक सम्पन्न भएको छ । बुधबार सम्पन्न बैठक ३ बुदे निर्णय गर्दै सम्पन्न भएको हो ।

बैठकले कार्यसमिति निर्वाचनमा नवनिर्वाचित सदस्यहरुलाई बधाईका साथै कार्यकालको सफलताका लागि शुभकामना र सफलतापूर्वक निर्वाचन सम्पन्न गराउने नेपाली कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिलाई यो बैठक धन्यवाद व्यक्त गरेको छ ।

त्यस्तै बैठकले सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम तथा बजेटको सन्दर्भमा संसदीय दलले विषयगत समिति गठन गरी नेपाली कांग्रेसको ठोस धारणा राख्ने निर्णय गरेको छ ।

प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको नियमावली संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुको सहमतीबाट निर्माण गर्नुपर्ने नेपाली कांग्रेस संसदीय दलको धारणा रहेको जनाईएको छ ।