आर्थिक

सीजी मोटोकोर्पद्धारा ट्राफिक प्रहरी ललितपुरलाई सिसिटीभी क्यामरा दिईयो

काठमाडौं । सुजुकीका चार पाङ्ग्रे सवारी साधनको आधिकारिक विक्रेतातथा सीजी होल्डिङ्सको अटोमोटिभ विभाग, सीजी मोटोकोर्पले आफ्नो सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत ट्राफिक प्रहरी ललितपुरलाई क्लोज सर्किट क्यामरा हस्तान्तरण गरेको छ । सो क्यामरा ललितपुर ट्राफिक प्रहरीको मोबाइल सवारी साधनमा जडान गरिने छ ।

१८० डिग्री कभरेज भएको सो क्यामराले ट्राफिक व्यवस्थापनमा मद्दत पु¥याउने छ । ललितपुर ट्राफिक शाखाका निरीक्षक सिताराम हाछेथुको उपस्थितिमा क्यामरा हस्तान्तरण गरिएको थियो ।

कार्यकारी निर्देशक करण चौधरीले भने,“देशको अटोमोटिभ क्षेत्रमा हामी अग्रणी छौँ र सडक सुरक्षामा हाम्रो पनिजिम्मेवारी रहेको छ ।

यहाँका सडकहरुमा ट्राफिक व्यवस्थापनका लागि हाम्रा ट्राफिक प्रहरीहरुले जिम्मेवारी पूर्व गरेका कार्यहरु प्रशंसनीय छन् । सडकहरु सुरक्षित बनाउने उपायहरु अपनाउने उद्देश्यसहित गरिएको यस सिसि क्यामराको हस्तान्तरण ट्राफिक प्रहरीसँगको समन्वयमा गरिने विभिन्न कार्यहरु मध्येको एक हो ।”