खेलकुद

सन्दिपलाई ऐतिहासिक मौका, वेष्ट इण्डिजविरुद्ध खेल्ने

काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेलाई ऐतिहासिक मौका मिलेको छ । उनले वेष्ट इण्डिजविरुद्ध खेल्न पाउने गरी ‘वर्ल्ड ११’ सूचिमा परेका हुन् ।

बंगलादेशका सकिल अल हसनले नाम फिर्ता लिएपछि सन्दिपलाई यो अवसर जुरेको हो । हसनले व्यक्तिगत कारण नाम फिर्ता लिएको बुझिएको छ ।

उनका लागि यो खेल ऐतिहासिक खेल बन्नुको कारण टोलीको कप्तान इयान मोर्गान हुन् । यस्तै टिममा साहिद अफ्रिदी, तमिक इकवाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लेनेगन, सोयब मल्लिक, हार्दिक पाण्डेया, थिसारा परेरा, लुक रोन्ची छन् ।

यो खेल ३१ मे मा लर्डसमा हुनेछ ।