मनोरञ्जन

निर्मलीको मुला काटेर जन्मदिन मनाईन् (भिडियो)

काठमाडौं । अभिनेत्री निरु खड्का उर्फ निर्मलीले आफ्नो ३५ औँ जन्मदिन रमाईलो पारामा बनाईएकी हुन् । उनले जन्मदिनमा मूला काटेकी हुन् । मूला काटेर जन्मदिन मनाईरहेका उनको भिडियो सामाजिक सञ्जाल फेसबुकमा रुचाईएको छ ।

मंगलबारको जन्मदिनमा गोकर्णमा एउटा विज्ञापनको छायाँकनमा रहेकी निरुले छायाँकन स्थलमा रमाइलो तरिकाले जन्मदिन मनाएकी छिन् ।

विज्ञापन निर्देशन गरिरहेका निर्देशक पवन केसीले मुला काटेर उनको जन्मदिनलाई रमाइलो बनाइदिएका हुन् । यो जन्मदिन अहिलेसम्मकै रमाइलो भएको निरुले बताइन् ।