राजनीति

गगन थापाले ओलीको बोलीमाथि औँला उठाए

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति प्रश्न गर्दै औला उठाएका छन् । भारतले अब कहिल्यै नाकाबन्दी लगाउँदैन भनेर दिएको अभिव्यक्ती माथि थापाले प्रश्न चिह्न खडा गरेका हुन् ।

उनले प्रधानमन्त्रीको ‘घुँडामा भ्वाङ पर्यो भनेर सोध्न पाउने कि नपाउने ? ’, भन्दै प्रश्न गरेका छन् । गतविगतका प्रधानमन्त्रीको भारत भ्रमणको बिषयलाई स्मरण गर्दै सांसद थापाले भने ‘आफूले गरे पुण्य अरुले गरे पाप’, ।

विश्वासको मत लिँदै गर्दा गर्जिएको प्रधानमन्त्री । हिजो (संसदमा) शब्द खोज्दै गरेको प्रधानमन्त्री’, थापाले भने, ‘सुशील कोइरालालाई लम्पसारवादी भन्ने अडानले नाकाबन्दी लाग्यो । अहिले सत्तासिन सांसदले सुरक्षा दिन सकेन भन्नु भएको छ । भारतीय राष्ट्रपति आउँदा उनले तामझाम हेर्दा लम्पसारवादी लागेको छ भन्नु भएको थियो । पहिला घुँडामा घाउ भयो भन्नु भएको थियो । हिजो भारतको जिम्मा लिएर बोल्दा घुँडामा भ्वाङ पर्‍यो भन्न पाउने कि नपाउने ?’

सांसद थापाले भारतीय प्रधानमन्त्रीको नेपालको तीर्थयात्रा भ्रमण सफल भएको बताएका छन् ।