देश

यसरी तोडिदैंछ ट्यांकरमा पनि सिन्डिकेट

काठमाडौं । आयल निगमले सबै पम्प व्यवसायीका लागि ट्यांकर सञ्चालन अनुमति दिने तयारी गरेको छ ।

ढुवानी व्यवसायी महासंघ र पेट्रोलियम व्यवसायी एसोसिएसनमा भएको सिन्डिकेट अन्त्य गर्न सबै पम्पका लागि खुला गर्न लागिएको हो ।

‘एसोसिएसनको स्वीकृतिपश्चात् अनुमति जायज छैन,’ निगमका एक अधिकारीले भने, ‘विक्रेता विनियमावली र ढुवानी विनियमावली परिमार्जन गरेर सबै पम्मका लागि खुला गर्छौं ।’

निगमका अनुसार मुलुकभरी २ हजार ५० वटा ट्यांकर सञ्चालनमा छन् । तीमध्ये २५० नीजि पम्पका हुन् । बाँकी एसोसिएसनको सिफारिसमा सञ्चालन हुँदै आएका छन् । –कान्तिपुर दैनिकबाट