खेलकुद

ओपनरको विकेट पहिलो बलमै झारेर नेपालको शिर उचो बनाइदिए सन्दिपले

काठमाडौं । विराट कोहली र एबी डी भिलियर्स ट्वान्टी–२० क्रिकेटको संरचनामा विश्वकै उत्कृष्ट ब्याट्सम्यान हुन् । तिनै उत्कृष्ट ब्याट्सम्यानहरूलाई बलिङ गर्दै नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले शनिबार इन्डियन प्रिमियर लिग आईपीएलमा ‘डेब्यु’ गरे । आजको कान्तिपुरमा खबर छ ।

पहिला ब्याटिङ गरेको दिल्ली डेयरडेभिल्सले घरेलु मैदान फिरोज शाह कोटलामा १ सय ८१ रन बनाएपछि पहिलो ओभरमै सन्दीपलाई बलिङमा उतारेको थियो । पहिलो ओभरमै इंग्ल्यान्डका मोइन अली र पार्थिव पटेललाई दबाब दिएका सन्दीपले २ रनमात्र खर्चेका थिए ।

उनले दोस्रो ओभरमै विकेट लिँदै आफ्नो ‘डेब्यु’ लाई सनसनी बनाए । सन्दीपले पटेललाई ६ रनमा एलबीडब्लु आउट गरे । अर्को स्पेलमा तेस्रो ओभर लिएर आउँदा सन्दीपको पहिलो बलमा कोहलीले चौका प्रहार गरे । त्यसमा सन्दीपले ८ रनमात्र खर्चे । १२ औं ओभरमा बलिङ गरेका सन्दीपले आफ्नो ४ ओभर बलिङ कोटा सकाएका थिए । उक्त ओभरको पाँचौं बलमा सन्दीपको बलमा डी भिलियर्सले छक्का प्रहार गरे । सन्दीपले ४ ओभरमा २५ रनमात्र खर्चे ।

सन्दीप आईपीएल खेल्ने १३ औं देशका खेलाडी भएका छन् । यसअघि टेस्ट खेल्ने १० राष्ट्र तथा नेदरल्यान्ड्स र अफगानिस्तानका खेलाडीले मात्र आईपीएलमा खेल्दै आएका थिए । प्रशिक्षक रिकी पोन्टिङले उनलाई डेब्यु क्याप प्रदान गरेका थिए ।