समाचार

भारतीय प्रधानमन्त्री मोदी मुक्तिनाथमा पूजा फर्किए काठमाण्डौ

मुक्तिनाथ, मुस्ताङ । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजा गरेका छन् ।

प्रधानमन्त्री मोदीलाई पुजारी कृष्णप्रसाद सुवेदी र झुमा कर्साङ गुरुङले मन्दिरभित्र करीब २० मिनेट पूजा गराएका थिए । भारतीय प्रधानमन्त्रीले षोडषोपचार विधिबाट पूजा गरेका थिए ।

भारतीय प्रधानमन्त्री करीब डेढ घण्टा मुक्तिनाथ क्षेत्रमा रहेका थिए । उनी आज बिहान पूजार्चनाका लागि विशेष हेलिकप्टरबाट यहाँ आएका थिए । उनी आजै बिहान काठमाडौँ फिर्ता भएका छन् ।