राजनीति

म प्रधानमन्त्रीको रुपमा नेपाल आएको होईनः मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो भ्रमण तीर्थयात्रा भ्रमण भएको बताएका छन् । जनकपुरमा आयोजित भव्य अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्न मोदीले आफू प्रधानमन्त्रीको रुपमा भन्दा पनि प्रधान तीर्थ यात्रीको रुपमा नेपाल आएको बताएका छन् ।

सम्बोधनको सुरुमा उनले मैथली भाषामा सम्बोधन गरेका थिए तर पछि नेपालीमा बोले । उनले आफ्नो नेपाल भ्रमण दुई मूलुक बीचको सम्पूर्ण सम्बन्ध बलियो बनाउन केन्द्रित रहेको बताए ।