खेलकुद

मनाङ मस्र्याङ्दी सेमिफाइलमा

दमक । झापाको दमकमा जारी दमक गोल्डकप फूटबल प्रतियोगिताअन्तर्गत  अन्तिम क्वाटरफाइनलमा सरस्वती युथ क्लबलाई ५–० गोलले पराजित गर्दै मनाङ मस्र्याङ्दी सेमिफाइनलमा पुगेको छ ।

मनाङका तर्फबाट ४९ औँ मिनेटमा सुजल श्रेष्ठ, ६० औँ मिनेटमा विमल बस्नेत , ८४ औँ मिनेटमा तीर्थ बस्नेत, ८६ औँ मिनेटमा सुभाष गुरुङ र इन्जुरी समयमा पुनः सुजलले गोल गरेका थिए । खेलमा दुई गोल गर्न सफल सुजलले ‘म्यान अफ द म्याच’ घोषित हुँदै रु ११ हजार प्राप्त गरे ।

प्रतियोगिताकोसेमिफाइनलका खेल मंगलबारदेखि शुरु हुनेछन् । गोल्डकपको पहिलो सेमिफाइनलमा मंगलबार नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफबीच प्रतिष्पर्धा हुने प्रतियोगिताका प्रचार संयोजक चन्द्र खत्रीले बताए । गोल्डकपको विजेताले रु १३ लाख ११ हजार तथा उपविजेताले रु छ लाख ११ हजार प्राप्त गर्नेछन् ।