पु.समाचार

मोदी आउने मिति नजिकिदैँः १० हजार सुरक्षाकर्मी तम्तयार, मास्क र पानीको बोतल समेत प्रतिबन्ध

काठमाडौं । भारतीय प्रधानमन्त्री नेपाल आउने मिति नजिकिएसँगै सुरक्षा व्यवस्था कडा पारीएको छ । मोदीको सुरक्षार्थ १० हजार सुरक्षकर्मी खटाईने भएको हो ।

मोदीको नेपाल आउने मितिको ४ दिन बाकी रहदाँ सुरक्षा व्यवस्था देखि सडक सरसफाई सम्मका अभियानले तिब्रता पाएको छ ।

मोदीको सुरक्षालाई मध्यनजर गर्दै नागरिक अभिनन्दन हुने स्थानमा मास्क, हेलमेट र पानीको बोत्तल समेत लैजान प्रतिबन्ध गरिएको प्रहरीले बताएको छ । प्रदेश सरकार तथा जनकपुर उपमहानगरपालिका मोदीको नागरिक अभिनन्दन समारोहलाई भव्य बनाउन ५० हजार मानिस सहभागी हुने अनुमान गरिएको छ ।

मोदी बैशाख २८ गते नेपाल भ्रमणमा आउदैँछन् ।