पु.समाचार

फरार दोषी दुई वर्षपछि पक्राउ

भक्तपुर । लागूऔषध मुद्दामा जिल्ला अदालत भक्तपुरको आदेश विपरीत फरार दोषी दुई वर्षपछि शुक्रबार पक्राउ परेका छन् ।

अदालतले २०७२ साल चैत ७ गते दोषी ठहर गर्दै ११ महिना कैद र रु पाँच हजार जरिवानाको फैसला विपरीत फरारसूर्यविनायक नगरपालिका–७ गुण्डुका ४१ वर्षीय इन्द्र केसीलाई महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाइंले जानकारी दिए । दोषी केसीलाई अदालतको आदेशानुसार डिल्लीबजार कारागार चलान गरिएको छ ।

यसैबीच भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित भक्तपुर बहुमुखी क्याम्पसको परिसरभित्रबाट सञ्जय घिसिङ र समीर तामाङको मोबाइल लुटेर फरार भएलगत्तै खोजी भइरहेका भक्तपुर नगरपालिका–१० महालक्ष्मीस्थान बस्ने २२ वर्षीय साजन सुवाललाई प्रहरीले सूर्यविनायकबाट खुकुरीसहित पक्राउ गरी कारवाही अगाडि बढाएको जानकारी प्रनाउ प्रसाईंले दिए ।