साहित्य

रूपक अलंकारको एकल कविता वाचन

काठमाडौँ । सांस्कृतिक संस्थानको आयोजनामा आज युवा कवि रूपक अलंकारका एक दर्जन शास्त्रीय छन्दका कविता प्रस्तुत गरिएको छ ।

‘स्रष्टा र सिर्जना’ को दोस्रो शृङ्खलामा कवि अलंकारले ‘प्रसंग फेरि बदलियो’, ‘आत्मालोचना’, ‘बाँकी काम’, ‘समृद्धि सपना’, ‘घर’, ‘पूmल र जीवन’ र प्रतिज्ञा’ शीर्षकका कविता वाचन गरे । सहयोगी कवि ज्ञानु विद्रोहीले ‘वाग्मतीको चिठी सगरमाथालाई’ जय गौडेलले ‘यो देशको ऐन खै ’ र काउसो’ तथा केशव भट्टराईले ‘रापती’ र ‘कामना’ शीर्षकका कविता वाचन गरे । धादिङमा जन्मिएका ३० वर्षीय कवि हाल नेपाल संस्कृत विश्वविद्यालयमा अध्यापन गर्छन् ।

कवितामाथि समीक्षा गर्दै समालोचक डा देवी नेपालले रुपकका कविताले युगीन चेतना बोकेको र प्रायःसबैजसो छन्द तथा गजल विधामा उनले कमल चलाउनुभएको टिप्पणी गरे । जनसाहित्यिक मञ्च नेपालका अध्यक्ष राम विनयले देशको समृद्धि र विकासका पक्षमा कविले कलम चलाउनुपर्ने बताए भने सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले यस्ता साहित्यिक र सांस्कृतिक शृङ्खलाले प्रतिभाको सम्मान र प्रष्फुटन गर्ने भएकाले निरन्तरता दिइने जनाए ।