आर्थिक

ज्ञान चामलको पिठो बजारमा

काठमाडौं । के एल दुगड समूहले हालै ज्ञान चामलको पिठो बजारमा ल्याएको छ । लामो समयदेखि नेपाली बजारमा लोकप्रिय ज्ञान ब्राण्डका विभिन्न खाद्यपदार्थहरु उत्पादन गर्दै आएको दुगड समूहले ज्ञान चामलको पिठो ग्राहक माझँ ल्याएको हो ।

यस अघि समूहले ज्ञान मैदा, ज्ञान आँटा, ज्ञान भोग चक्की आटा, ज्ञान रहर, मसुर, चना दाल तथा ज्ञान बासमती चामल बजारमा ल्याईसकेको छ ।
आएको ग्राहकका मौलिक पौष्टिक खाद्यपदार्थका आवश्यकताहरु पूर्ति गर्ने क्रममा उक्त समूहले ज्ञान मल्टीग्रेन्स आटा, ज्ञान मकैको च्याँख्ला तथा ज्ञान मकैको पिठो १ वर्ष अगाडि नै बजारमा ल्याएको थियो ।

बजारको मागलाई ध्यानमा राख्दै यस समूहले ज्ञान चामलको पिठो १ केजी र २५ केजी प्याकमा बजारमा ल्याएको हो । ज्ञान चामलको पिठो विभिन्न स्वादिष्ट खाद्यपदार्थहरु जस्तै सेल रोटी, नेपाली पुवा, चटामरी, योमरी, अनरसा, माडारोटी, ढिक्री, भक्का, इड्ली बनाउनको लागि उपयुक्त हुनुको साथै स्वच्छ तथा गुणस्तरयुक्त भएको कम्पनिको दाबी छ ।

ज्ञान चामलको पिठो उत्पादनको लागि आफ्नै मिलमा उत्पादित उच्च गुणस्तरयुक्त चामललाई छुट्टै अत्याधुनिक तथा स्वचालित कारखानामा स्वच्छ वातावरणमा पिसी, छानी प्याक गरिन्छ ।

ज्ञान ब्राण्ड चामलको पिठो डिपार्टमेन्ट स्टोर तथा खुद्रा पसलहरुमा देशभरी नै उपलब्ध रहेको समूहले बताएको छ ।