राजनीति

बाम एकताबारे बोल्दै गगन थापाले दुवै पार्टीका नेतालाई हाने झटारो

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले एमाले माओवादीलाई चेतावनी दिएका छन् । पार्टी एकतामा कांगेशको नाम जोडेको भन्दै नेता थापाले दुवै पार्टी प्रति आक्रोश पोखेका हुन् ।

बुधबार दिउसो बुटवलमा सञ्चाकर्मीहरुसँग कुराकानी गर्दै एमाले माओवादीले भागबन्डा मिलाउन नसकिरहेको अवस्थामा अर्कालाई दोष लगाउनु लज्जास्पद कुरा भएको बताउदै उनले भने ‘एमाले र माओवादीबीचको एकता प्रक्रिया उहाँहरुको आन्तरिक विषय हो, यसमा हामीलाई कत्ति पनि चासो छैन, उहाँहरु मिल्नोस् भन्ने शुभकामना छ’ थापाले भने, ‘तर, आफूहरु पदको भागबण्डामा नमिल्ने अनि बाहिर अदृश्य शक्ति र के-के ले गर्दा एकता भाँड्न खोजिँदैछ भनेर अरुलाई दोष लगाउने, यस्ता कुरा गर्दा लज्जाबोध हुनुपर्ने हो ।’

उनले सरकार राम्रा काममा समर्थन र नराम्ररी काममा खबरदारी गरिने बताउदैँ भने, हिजो चुनावमा गरेका बाचाहरु सरकारले सकारात्मक ढंगबाट अघि बढाउन चाहन्छ भने हाम्रो सहयोग रहन्छ । तर, त्यसबाट बरालिन खोज्यो भने ठीक ठाउँमा राख्ने हाम्रो ड्युटी हो ।’