साहित्य

‘कोलिय काया’ नामक पुस्तक बजारमा

नवलपरासी । प्राचीन कोलिय गणराज्यको पहिचान गराउने गरी पत्रकार बेचु गौडलले ‘कोलिय काया’ नामक पुस्तक प्रकाशन गरी बजारमा ल्याएका छन् ।

नेपाली, भोजपुरी, हिन्दी र अंग्रेजी भाषामा प्राचीन कोलिय गणराज्यको स्थापनादेखि बुद्धकाल र बुद्धकालपछिका ऐतिहासिक कुरालाई समेटेर पुस्तक प्रकाशन गरी पत्रकार गौडेलले बजारमा ल्याएका हुन् ।

पुस्तकमा बुद्ध, स्तुप, बुद्धको शिक्षा र स्तुपमा ध्यान अभ्यासबाट हुने लाभ र विपश्यनाको सन्दर्भमा विस्तृतरुपमा उल्लेख गरिएको १९० पृष्ठको सो पुस्तकको मूल्य रु २५० रहेको छ ।

सो पुस्तकले स्थानीय मातृभाषा, नेपालीका लागि नेपाली, भारतीय पर्यटकका लागि हिन्दी र अन्य विदेशी पर्यटकलाई कोलिय गणराज्य, बुद्ध र रामग्रामबारे चिनारी गराउन सहयोग पु¥याउने भएकाले लोकप्रिय हुने अनुमान छ ।

अंग्रेजीमा भने छ वर्षसम्म रामग्राममा उत्खनन गरेका पुरातत्वविद् तथा रामग्रामको प्राचीन राजधानी पण्डितपुरको समेत खोज गर्ने स्व शुक्रसागर श्रेष्ठद्वारा लेखिएको प्रतिवेदनका धेरैजसो विषयवस्तु समेटिएका छन् । लेखक, पत्रकार गौडेल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्यका साथै पूर्व कान्तिपुरकर्मीसमेत छन् ।