देश

३३ केजी सुन काण्डः फरार रहेका ‘गोरे’ की गर्लफ्रेन्डको बैंक खाता रोक्का

काठमाडौं । ३३ केजी सुनकाण्डका मुख्य तस्कर भनिएका चुडामणि उप्रेती (गोरे) की गर्लफ्रेन्डको बैंक खाता रोक्का गरिएको छ । गोरेकी सहयोगीका रुपमा उनकी प्रेमिका रक्षा भण्डारी सक्रिय रहेको खुलेपछि बैंक खाता रोक्का गरिएको हो । केही बर्षदेखि गैर कानुनी कामहरुको दुवैको मिलेमतोमा हुने गरेको र केही समय पछाडी दुवैबीच बिहे गर्ने सहमती भएको प्रहरी स्रोतले बताएको छ ।

प्रहरीले गारेको खोजतलासको काम जारी राखेको छ । ‘सनम शाक्यको हत्यादेखि सुन तस्करीसम्म गोरेकै’ हात रहेको उच्चस्तरीय छानविन समितिले जनाउँदै आएको छ ।

सरकारले गठन गरेको छानविन समितिले गोरे र रक्षाको सम्बन्धबारे थाहा पाएपछि उनको बैक खाता तथा सम्पत्ति रोक्का गरेको छ । ‘गोरे’ विदेशमा भएको बेला सम्पूर्ण आर्थिक कारोबार रक्षाले गर्ने गरेको अनुसन्धानमा खुलेको छ । गोरेको खोजीकार्य प्रहरीले जारी राखेको छ ।