सामाजिक सञ्जाल

मोदीको नेपाल भ्रमण: माग्नेबुढाले हाने ओलीलाई यस्तो झटारो !

काठमाडौं । चर्चित हास्यकलकार एवम् नायक केदार प्रसाद घिमिरे उर्फ माग्नेबुढाले मोदीको नेपाल भ्रमणबारे झटारो हानेका छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे केपी ओलीलाई व्यङ्ग मार्फत सुझाव दिएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा बढी सक्रिय हुने घिमिरे समसामयिक घटनाबारे खरो टिप्पणी गर्छन् ।

यसैबीचमा भारत र मोदीको नेपाल भ्रमणबारे उनले लेखेको फेसबुक स्टाटस यस्तो छ :-

“केपी बा, हजुरले मोदि काकालाई रातो कार्पेट ओक्ष्याउनै लाग्दा उता मोदिका भतिजाहरुले सिमानामा थॉग्नो ओक्ष्याएछन । रास्ट्र्बादीको बिल्ला भिरेको सरकारले कुटनीतिक तबरले यो समस्या समाधान नगर्ने हो भने नेपाली जनताले अर्को चुनावमा हजुरहरुलाई त्यही थॉग्नामा लगेर सुताउछन्। देखिएका समाचार सत्य हुन भने ” सिमानामा ठोस संरचना बन्यो भने भोलि सिमाना सार्न सकिदैन ” भन्ने आशयले नेपाल भित्र आएर पोल उखेलेका रहेछन।– शिघ्र समस्या समाधान होस भनि माग गर्दछु। जय मातृभूमि।”