राजनीति

अब्दुल सतारको अध्यक्षतामा ७७ सदस्यीय मुस्लिम संघ चयन

काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था मुस्लिम संघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनले अब्दुल सतारको अध्यक्षतामा ७७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

यही वैशाख १५ र १६ गते काठमाडौँमा सम्पन्न महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा मोहम्मद निजामुद्दीन, उपाध्यक्षमा कौशर शाहलगायत नौ जना, महासचिवद्वयमा मुक्तार अहमद र रहमदुल्ला मियाँ सर्वसम्मत रुपमा चयन भएका हुन् ।

महाधिवेशनमा ४३ जिल्लाबाट ४०० भन्दा बढी महाधिवेशन प्रतिनिधिको सहभागिता थियो ।

संघले मुस्लिम संवैधानिक आयोग गठन गर्न, मद्रसा शिक्षाको सरकारी मान्यता तथा समकक्षता निर्धारण, मस्जिद, मद्रसा, इदगाह, कव्रास्थानलगायत सांस्कृतिक तथा धार्मिक स्थलको सरकारद्वारा संरक्षण र सम्बर्धन गर्न माग गरेको छ ।