सामाजिक सञ्जाल

फेसबुकमा लभ पार्नेले एकचोटी यो पनि पढ्ने की ?

काठमाडौं । “मेरो त ट्रेजेडी भयो यार † एक महिना अघि मात्र
फेसबुकबाट लभ परेको थियो । हिजो एसएमएम गरेर
ब्रेक अप दिइन् ।” काठमाण्डौका टिनएजर सुनिल
श्रेष्ठले फेसबुक च्याटमा भन्दै थिए ।

फेसबुकमा एकमहिने लभ पारेका श्रेष्ठले दुईचार डेटिङ
पछि नै मोबाइलबाट ब्रेकअप पाए ।
कुरा सुनिलको मात्र होइन ।

अहिलेको युवा पुस्ताका लागि फेसबुक लभ सामान्य
जस्तै हो । यसो फेसबुकमा खोज्यो ।
मनपरेको भेट्यो भने “एड” गर्यो । अनि च्याट गर्यो ।
अनि त सुरु भइहाल्छ , “डेटिङ” । जति छिटो लभ पर्छ,
त्यत्ति नै छिटो ब्रेकअप । काठमाण्डौं कै नीतिन
शाही अहिले कक्षा ११ मा पढ्दै छन् । कक्षा ११ सम्म
आइपुग्दा उनको पनि ५ पटक लभ र ५ पटक नै पटक
ट्रेजेडी परेछ ।

अहिले भने उनको त्यही कलेजमा नै १२
कक्षामा अध्ययनरत एकजना केटीसँग लभ परेको छ ।
डेटिङ जांदैमा फुर्सद छैन । उनलाइ अहिले
ति केटीलाई धेरै नै माया गर्न थाले
जस्तो पनि लागेको रहेछ ।

नेपाली युवापुस्तामा अहिले महिनामा एकपटक लभ
पर्ने अनि ट्रेजेडी पर्ने समेत हुने गरेको छ ।
अहिलेका युवा पुस्तामा माया र धोका भन्ने शब्द
सामान्य भइसकेको छ । माया पाउन
अनि माया गुमाउन अहिले साह्रै नै
सजिलो भएको छ । बिशेषगरी टिनए
जको समयमा छुट्टै जोश र जाँगर हुन्छ । र यही समय
हो, युवाहरुको मन चञ्चल हुने ।
यही समयमा युवायुवतीहरु

आफ्नो लागी साथी खोज्ने अभियानमा हुन्छन् ।
गर्लफ्रेन्ड वा व्यायफ्रेन्ड नभए त साथीहरुमाझ
हांसोको पात्र बन्नुपर्ने हुन्छ । सबैले “विचरा”
भनिदिन्छन् । कुनै समय थियो, युवायुवतीहरु
कसैप्रति आकर्षित भएमा लामो प्रयासपछि बल्ल
तल्ल कागजमा मायाका शब्द लेखेर कसैको हातबाट
पुर्याउनुपर्ने हुन्थ्यो ।

फेरि त्यसको जवाफ
पनि कहाँ चाँडै आउँथ्यो र ? स्वीकार गर्ने
हो कि अस्वीकार गर्ने हो भन्ने डर बोकेर
कुनुपथ्र्यो । कहिले जवाफ आउथ्यो कहिले
आउदैनथ्यो ।

त्यो समयमा न कुनै केटा वा केटीले
हतपत प्रेम प्रस्ताव राख्ने आँट नै गर्थे , न त
राखिएको प्रस्ताव हतपत स्वीकार्ने आंट नै गर्थे ।
कति केटीहरु त पहिलो प्रेम प्रस्ताब आउँदा डरले
रोएको समेत अनुभव सुनाउँछन् । तर समय अहिले
त्यस्तो छैन ।

सुचना प्रविधिको विकाससँगै अहिले
युवाहरुमाझ हुने माया पनि सहज भएको छ । युवाहरु
आजभोलि फेसवुक लगायतका सामाजिक
सञ्जालहरुबाट परिचय बनाउछन् । अनि सुरु हुन्छ
माया प्रिती ।

फेसवुक बाटै
माया प्रिती गाँसिएपछि विवाह
पनि भएको पाइन्छ । पहिले कागजमा लेखेर
माया साटासाट गर्नको लागि जति समय
लाग्थ्यो अहिले त त्यती सयमसम्ममा माया बसेर
ब्रेकअप पनि भइसकेको हुन्छ ।
अनि अर्काे डेटको लागि समेत तयार भइसकेका हुन्छन्
युवायुवतीहरु ।

फेसबुक वाहेक मोबाइल फोन पनि प्रेम
प्रस्तावका लागि सजिलो माध्यम बनेको छ ।
यतिसम्म भइसकेको छ कि मावबाइलमा कुरा हुँदाहँदै
लभ पर्छ अनि कुरा हुँदाहुँदै ब्रेकअप पनि भइसक्छ ।
विशेषत कक्षा ९ देखि प्लस टुसम्मका बिद्यार्थीहरु
कसै प्रति आकर्षित हुनासाथ मोवाइल नम्बर
साटासाट गरिहाल्छन् ।

त्यसपछि शुरु हुन्छ
वार्तालाप । भेटघाट नभइकनै मोवाइलमा हुने
घण्टौको कुराकानी मै लभ शुरु हुन्छ । अनि फोनमै
डेटिङ पनि हुन्छ । अनि रोमान्टिक गफ पनि ।
त्यसपछि विस्तारै सानातिना कुरामै झगडा पनि शुरु
हुन्छ । अनि ब्रेकअप ।

अनि फेरि अर्काे डेटिङका लागि प्रोसेस सुरु हुन्छ ।
युवापुस्ता माझ अहिले गर्लफ्रेण्ड र ब्वाइफ्रेण्ड
फेरिरहने त परम्परा नै बसिसकेको छ । कति युवालाई
एउटै गर्लफ्रेण्ड लामो समयसम्म राख्दा साथीहरुले
हेप्लान् भन्नेसम्मको डर हुन्छ ।

अहिलेका युवापुस्तामाझ प्रेम र धोका सामान्य
भइसकेको छ । सितापाइलाका रमेश
अधिकारी भन्छन् – “गर्लफ्रेण्ड बनाएर के भयो ? बिहे
गर्नुपर्ने होइन । टाइमपास त हो नि । ”
अहिलेको युवापुस्ताले मायालाई मनोरञ्जन र टाइम
पासका रुपमा हेर्न थालेका छन् । केटाहरु अहिले
फेशनवेल केटी देख्नासाथ आफ्नो केटा साथीहरु माझ
“हिरो” हुनका निम्ति प्रेम प्रस्ताव राख्न पुग्छन् ।
अनि यो मामलामा केटीहरु पनि कम छैनन् । केटीहरु
पनि वाइकवाला केटा भएपछि प्रेम प्रस्ताव
स्वीकारिहाल्छन् ।

अझ अचेल केटीहरु आफै
पनि राखिहाल्छन् प्रेमप्रस्ताव ।
भक्तपुरकी रिना श्रेष्ठको पनि यस्तै सोच छ ।
उनको ब्वाइफ्रेण्ड बन्नको निम्ति न्युनतम
योग्यता बाइक नै हो । उनी भन्छिन्
–“ब्याइफ्रेन्डको एउटा बाइक त चाहियो नि हो ।
कलेज जान र डेटिङ जान बाइक छैन भने
त्यस्ता केटासंग के लभ गर्नु ?”
काठमाण्डौकी सविनाको विचार पनि रिनासंगै
मिल्दोजुल्दो रहेको छ । उनलाई त अझ बाइकले मात्र
पनि पुग्दैन रे । उनका लागि कुनै केटाको न्युनतम
योग्यता बेलाबेलामा डिस्को जानुपर्ने र फेशनेवेल
हुनुपर्ने रहेको छ । १९ वर्षका सुरज केसीको भने अर्कै
पीडा छ । मलिन अनुहार पार्दै उनले दुखेसो पोखे –“म
मेरो गर्लफ्रेण्डलाई धेरै माया गर्थें तर उनलाइ भर्खर
अष्ट्रेलियाबाट आएको धनी केटाले बिहेको प्रस्ताव
राखेपछि उसैसंग विहे गरेर अष्ट्रेलिया गइन् ।
अनि मलाइ तिमी मेरो लायक छैनौ भनेर एसएमस
गरिन् । ”

अहिलेका युवापुस्तामा मायाप्रेमको मूल्य
कति र कुन स्तरमा छ भन्ने बुझ्न यही घटना नै
काफी हुन्छ । अहिलेका तन्नेरी पुस्तामा त
फेसवुकको स्टाटसमा महिनै पिच्छे माया वसेको र
ब्रेकअप भएको स्टाटस भएन भने फेसबुक चलाउने
पनि बोरिङ हुन्छ भन्ने मान्यता बस्दै गएको छ ।
फेसवुक माया प्रिती गाँस्ने सजिलो माध्यम
भएको छ युवापुस्ता माझ ।

प्रेमलाई
टाइमपासका रुपमा लिने प्रचलन बढ्दै गएको छ ।
प्रेमलाई हलुका ढंगले बुझेर विवाह नै गर्नेहरुका सम्बन्ध
पनि धेरै समय टिकेको पाइदैन । अर्कातर्फ प्रेमकै
नाममा दुर्घटनासमेत हुने गरेको छ । त्यसैले
फेसबुकमा लभ पार्नु अगाडि प्रेममा एकअर्कालाई
एकदमै नजिकबाट पनि बुझ्न जरुरी हुन्छ भनेर एकपटक
राम्ररी सोंच्ने हो कि ?

-साथी निर्मल खनालको फेसबुकबाट