स्वास्थ्य

गर्भावस्थामा आमाले मुला खाए छोरा जन्मिन्छ, हो ?

काठमाडौं । महिलालाई गर्भवतीकोे समयका के खुवाउने ? विभिन्न एजेन्सीहरुको सहयोगमा तयार पारेको समाचार टिप्सहरु यस्ता छन् ।

-आमाले गर्भवतीको समयमा मुला खादा छोरा जन्मिने विभिन्न अनुसन्धानहरुले देखाएको कुरा केही समाचारले एजेन्सीले समर्थन जनाएपनि कसैले यसलाई हावा समाचारको संज्ञा दिएका छन् ।

–दक्षिण कोरियामा गर्भवती महिलालाई समुद्री झारको सुप खुवाइन्छ । त्यहाँका जुलु समुदायका गर्भवती महिलालाई ‘इसिलाम्बेजो’ नामको हर्बल जडिबुटी खुवाईन्छ जसमा जनावरको पिसाबदेखि बिभिन्न झारपातको धुलोसमेत मिसाइन्छ ।

–इरानमा गर्भवतीलाई अनारको जुस खुवाउनु हितकर मानिन्छ ।

–सेनेगलमा जनावरको हड्डीको मासी गर्भवती महिलालाई खुवाइन्छ ।

–नाइजेरियाको एउटा ग्रामीण वस्तीका आदिवासीहरु शंखेकिरा खान्छन् तर, गर्भवती महिलालाई खान दिँदैनन् । गर्भवतीले शंखेकिरा खाँदा बच्चा शंखेकिराझैँ सुस्त हुने मान्यता छ ।

–जापानमा मसलेदार र पिरो खानेकुरा गर्भवतीलाई खुवाउनु हुन्न भन्ने मान्यता छ । यस्तो खानेकुरा आमाले खाएमा बच्चा सन्काहा हुने जापानीहरुको धारणा पाइन्छ ।

–अमेरिकामा गर्भवती आमाले स्ट्रबेरी र खुर्सानीको अचार खाँदा बच्चाको शरीरमा बिभिन्न चिनोहरु आउने मान्यता छ ।

–मेक्सिकोमा भने गर्भवती महिलाले अण्डा खाए जन्मिने बच्चाको शरीर गन्हाउने मान्यता व्याप्त छ ।

–फिलिपिन्समा सुत्केरी हुन लागेका महिलालाई का“चो अण्डा खुवाइन्छ । कारण रहेछ, अण्डाले बच्चा जन्मिपने बाटो चिप्लो बनाइदिएर सजिलो पारिदिने मान्यता ।

–चीनमा गर्भवतीलाई गँगटो खुवाएमा बच्चा एघार औँले हुने धारणा पाइन्छ । आमाले दुध पिए बच्चा गोरो हुने विश्वास पनि राख्छन् ।

–भारतको आन्ध्र प्रदेशमा गर्भवतीलाई मेवा र फर्सी खाना दिईंदैन । खुवाए गर्भको बच्चालाई ज्वरोले सताउने मान्यता राखिन्छ । गुजरातमा भने गर्भवतीले दूध, दही र खेरा खाँदा बच्चालाई गर्भमै चिसो हुने तथा बच्चा तुहिने मान्यता व्याप्त छ ।

–तान्जिानियाका कतिपय क्षेत्रमा गर्भवती महिलालाई मासु खान दिईंदैन । आमाले मासु खाए बच्चा पनि जनावरजस्तै हुने धारणा छ ।

–अफ्रिकाका कतिपय ठाउँमा गर्भवती महिलाले अण्डा खाए बाँझोपनको समस्या निम्तिने बताइन्छ । -एजेन्सीको सहयोगमा