आर्थिक

सिद्धार्थ सिमेन्टको बिक्रेता भेला सम्पन्न

काठमाडौं । सिद्धार्थ सिमेन्टले चितवनमा बिक्रेता भेला सम्पन्न गरेको छ । सिमेन्ट उत्पादन, प्रविधि लगायत चुनौती बारे बिक्रेता भेलामा जानकारी दिईएको हो ।

भेलामा चितवन, नवलपरासी र मकवानपुरका गरी १२५ जना भन्दा वढी बिक्रेताहरुको सहभागीता थियो ।

भेला चितवनको एक रिसोर्टमा आयोजना गरिएको थियो । सिद्धार्थ सिमेन्टले यस भेला मार्फत आफ्नो बिक्रेताहरु संगको सम्बन्धलाई अझै बढी व्यवसायिक एवं सुदृढ बनाउन सफल भएको कम्पनीका प्रवन्ध निर्देशक रोहित अग्रवालले बताए ।