अन्तर्राष्ट्रिय

उत्तरले सुई घुमाउने, दक्षिणले लाउडस्पिकर हटाउने

काठमाडौं । उत्तर कोरिया र दक्षिण कोरियाबीचका पछिल्ला निर्णयहरुले दुवै कोरियाबाीचको सम्बन्ध थप मजबुतीतर्फ मोडिन थालेको छ । गतहप्ता भएको ऐतिहासिक शिखर वार्तापछि दुई कोरियाका बीचको सम्बन्धबारे सकारात्मक खबरहरु आउन थालेका हुन् ।

दक्षिण कोरियाले सीमानामा राखिएका लाउड स्पिकर हटाउने र उत्तर कोरियाले आफ्नो ‘टाइम जोन’ दक्षिणसँगै मिलाउने निर्णय उनीहरुले गरेका छन् ।

हाल प्योङयोङको घडी सोलको भन्दा ३० मिनेट ढिला छ । आगामी मे ५ देखि उत्तरले घडी घुमाएर दक्षिणसँग एउटै टाइम जोन राख्ने निर्णय गरिएको छ ।

त्यस्तै दक्षिण कोरियाले पनि उत्तरतर्फ फर्काएर राखेको लाउडस्पिकर हटाउने निर्णय गरेको छ । -एजेन्सी