राजनीति

पौडेल पक्षको असहमतिपछि कांग्रेश बैठक ४ दिन पछि धकेलियो

काठमाडौं । नेपालीका कांग्रेशको आज बस्ने भनिएको बैठक ४ दिन पछिका लागि सरेको छ । पदाधिकारी मनोनित गर्ने देउवापक्षको तयारी रहेपनि पौडेलपक्षले असहमति जनाएपछि बैठक २१ गतेसम्म का लागि सरेको हो ।

पार्टी केन्द्रिय कार्यालयले जारी गरेको विज्ञप्तीले अर्को बैठक बैशाख २१ दिउसो २ बजे बस्ने जनाएको छ । सभापती देउवाले बहुमीय प्रणालीमा गएर पधाधिकारी मनोनित गर्ने तयारी गरेपनि पौडेलपक्षले विधान विपरित चल्न नपाईने भन्दै असहमति जनाउदै आएको छ । महाअधिवेशनको २६ महिना बित्दासमेत पदाधिकारीहरु मनोनीत हुन सकेको छैन् ।