देश

मोदी नेपाल नआउदैँ मसालबाट आयो यस्तो खबर, नाकाबन्दीलाई मुख्य तारो बनायो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको खबरबारे नेकपा मसालले गम्भीर आपत्ती प्रकट गरेको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै मसालले मोदीको नेपाल भ्रमण नेपालको राष्ट्रिय स्वाभिमान र सम्मानका विरुद्ध भएको भन्दै आपत्ती प्रकट गरेको हो ।

पार्टी महामन्त्री मोहनविक्रम सिंहद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको समाचार प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

‘नेपालमा तराईमा आफ्ना मुट्ठीभर पृथकतावादीहरुलाई उक्साएर तराईलाई नेपालबाट अलग गराउन वा राष्ट्रिय विखण्डनका लागि उक्साउने काम गरेका थिए । नेपालको संविधानका विरुद्ध अन्तर्राष्ट्रिय अभियान नै चलाएका थिए ।’ नाकाबन्दी र संविधानजस्तो आन्तरिक मामिलामा हस्तक्षेप गर्नेको स्वागत गर्नूहुदैन, विज्ञप्तीमा अघि भनिएको छ ।