राजनीति

असंबैधानिक रुपमा गठन गरिएका काँग्रेसका केन्द्रीय कार्यसम्पादन र संसदीय समिति खारेज

काठमाण्डौ । नेपाली काँग्रेसले केन्द्रीय कार्य सम्पादन समिति र संसदीय समितिलाई भंग गरेको छ । बिधान बिपरित गठन भएका उक्त समितिहरुलाई भंग गथर्ने माहामन्त्री डा. शसांक कोईरालाले राखेपछि सभापति देउवाले उक्त समितिहरु भंग भएको बताएका थिए ।
नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्ब महामन्त्री कृष्ण प्रसाद सिटौलाको समूहले निर्बाचनमा भएको हारको जिम्मेवारी सभापति देउवाले लिनुपर्ने र उक्त अबैधानिक रुपमा बनेका समितिहरु खारेज गर्नुपर्ने सभापतिसंग माग गरेपछि काँग्रेसको बैठकमा लामो समय बिबाद भएको थियो । उक्त बिबाद हटेपछि जिल्ला सभापतिहरुको भेला र महासमिति बैठकको कुरा मिलेपछि काँग्रेस बैठक टुंगिने बताईएको छ ।

शुक्रबारबाट स्थगीत भएको बैठक शनिबार दिनभर सम्म चलेको थिएन । आईतबार समेत ढिलोगरी शुरु भएको बैठकले उक्त मध्यमार्गी बाटो रोजेर बिबादको समाधान खोजेको देखिन्छ ।