पु.समाचार

चट्याङ लागेर एकको मृत्यु, चार घाइते

विराटनगर । सुनसरी र मोरङमा शनिबार दिउँसो वर्षासँगै चटयाङ परेपछि एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

सुनसरीको दुहवी–११ का १८ वर्षीय रोशनकुमार ऋषिदेव आफ्ना साथीसँग पिपलको रुखमुनि बसिरहेको समयमा चटयाङ परेपछि उनको घटनास्थलमै मृत्यु भएको १ नं– प्रहरी प्रदेश कार्यालय, विराटनगरले जनाएको छ ।

उनका साथी २५ वर्षीय मिठू मण्डल गम्भीर घाइते भएका छन् । उनको नोवेल अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, विराटनगर–१४ को जतुवाकी रुक्मिणि यादव, उनकी छोरी १६ वर्षीया भुकली र छिमेकी २६ वर्षीया भुल्टेन यादव चटयाङबाट घाइते भएका छन् । उनीहरुको कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।