राजनीति

चन्द्र भण्डारी भन्छन्ः सबै दल हातमा हात मिलाउ

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता चन्द्र भण्डारीले सबै दल एक ठाउँमा उभिनुपर्ने बताएका छन् । सबै दल एक मुठ्ठी भएर नेपालको विकासमा अहोरात्र खटिनु पर्ने नेता भण्डारीले बताएका हुन् । नेपालको सबै क्षेत्रमा राजनीति हुनेतर्फ ईगित गर्दै उनले भने, नेपालमा सबै क्षेत्रमा राजनीति हुन्छ, अब चुनावका बेला बाहेक हुने राजनीतिलाई जरै देखि उखेल्नुपर्छ ।

नेपालमा राजनीतिका कारण सबै क्षेत्र गंजागोल भएको भन्दै उनले विकासे राजनीति गर्न सबै दललाई आव्हान गरेका छन् । उनले फरक प्रशंगमा आक्रोश समेत पोखेका छन् ।

एमाले र माओवादीको एक संयुक्त कार्यक्रम तर्फ संकेत गर्दै उनले भने, ‘यहाँ त माक्र्स कहाँ जन्मेका हुन्, माओ कहाँ जन्मेका हुन् ,लेलिन कहाँ जन्मेका हुन् भन्दै त्यसका निम्ती झगडा गरेर पार्टी मिल्छ की मिल्छकी भनेको मारमार हुन्छ’ कांग्रेस नेता भण्डारीले भने, ‘रसियामा लेलिन हराइसके, नेपालमा लेनिन खोज्दै छन् । यसरी नेपाल बन्छ ? उनको प्रश्न थियो । लेलिन खोज्दै हिड्ने कि विकास गर्ने भन्दै उनले भने, ‘वीपीलाई खोज नेपालमा जन्मेका हुन्, मदनभण्डारी, किसुनजी, पुष्पलाल, गिरिजाप्रसादलाई खोज तब । पो समाज रुपान्तरण हुन्छ ।’

विकासका लागि निस्वार्थ भावनाका साथ सबै दलले कटिबद्ध भएर काधमा काध मिलाएर अघि बढ्नुपर्ने भनाई राखेका थिए ।