आर्थिक

ग्लोबल आईएमई र आईसीएफसीबीच नयाँ सम्झौता

काठमाण्डौ । ग्लोबल आईमई बैंकले आईसी एफसीसंग कर्जा आदानप्रदान सम्झौता गरेको छ । बिश्वबैक अन्तर्गतको अन्तर्राष्ट्रिय बित्त निगमका आवाशीय प्रतिनिधि मोहम्मद रेसान रसिद र ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनकराज शर्मा पौडेलबीच उक्त सम्झौतापत्रमा शनिबार हस्ताक्षर भएको छ ।

१२२ वटा साखा, १२२ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ७९ वटा साखारहित बैंकिङ्ग काउण्टर संचालनमा राखेर सेवा दिईरहेको ग्लोबल आईएमई बैंकले राष्ट्रबैंकको स्विकृतिपछिमात्र उक्त सम्झौताको कार्यान्वयन हुने जनाइएको छ ।
बैंकले वित्तीय तरलता हल हुने आशाका साथ उक्त बैंकसंग ग्लोबल आईएमई र आईसीएफसीबीच नयाँ सम्झौता गरेको बताएको छ ।

नेपालमा पछिल्लो समयमा देखिएको वित्तीय तरलताको समाधानमा यो सम्झौताले योगदान पुर्‍याउने लक्ष्यका साथ उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।