प्रवास

ब्रिसबेनमा शुभकामना आदनप्रादन एवंम भेटघाट कार्यक्रम सम्पन्न

ब्रिसबेन । नयाँ बर्ष २०७५ को अबसरमा शुभकामना आदनप्रादन एवंम भेटघाट कार्यक्रम सम्पन्न भएको छ । जनसम्पर्क समिति कुइँस्ल्याण्डको आयोजनामा बिहीबार ब्रिसबेनमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा समितिको साधारण सदस्य बितरण, भाबी कार्यक्रम एबम नेपालको समसामायिक राजनीतिक परिस्थितिका बारेमा छलफल भएको थियो ।

कार्यक्रममा बोल्दै सं योजक अभिमन्यू के.सीले आफूहरु अष्ट्रेलियाको नेपाली समाजमा अनावश्यक राजनीति गर्ने पक्षमा नरहेको बताएका छन् । उनले समान विचार भएका साथीहरु एक आपसमा मिलेर सुख दुखमा सँगै रहेर काम गर्ने संस्थाको प्रमुख उद्धेश्य रहेको बताएका छन् ।

कार्यक्रममा झन्डै एक सय जनाको उपस्थिती रहेको थियो । कार्यक्रममा एनआरएन अष्ट्रेलियाका महासचिव नारायण कोइराला, एनआरएन कुइँस्ल्याण्डका संयोजक सन्तोष कुँवर, एनआरएन अन्तर्राष्ट्रिय संयोजन समितिका कार्यसमिति सदस्य ईश्वर कुइकेल, एनआरएन कुइँस्ल्याण्डका पूर्वसंयोजक तथा ब्यबसायी स्वतन्त्र प्रताप शाह, स्थानीय समाजसेबी राजन कोइराला, रदिप थापा, आशिस भण्डारी, अचुत अधिकारी, दिपक कंडेल, डाक्टर सुदर्शन चालिसे र राजकुमार श्रेष्ठ लगायत समाजका अगुवाहरु, विद्यार्थी एबम स्थानीय ब्यबसायी र जनसम्पर्कका सदस्यहरु शुभकामना दिएका थिए ।

हालै बिधिबतरुपमा अष्ट्रेलियामा दर्ता भइ संचालनमा आएको जनम्सम्पर्क समिति कुइँस्ल्याण्डले आगामी जुना जुलाईताका अर्को भेला आयोजना गर्ने जनाएको छ ।

हालै अष्ट्रेलियामा दर्ता भएको नेपाली कांग्रेस निकट जनसम्पर्क समितिका संयोजक अभिमन्यू केसीको सभापतित्वमा चेर्मसाईड पार्कमा आयोजित भेलाको संयोजन तथा संचालन संस्थाका सचिब बसन्त पौडेलले गरेका थिए ।भूकम्पमा ज्यान गुमाएकाहरुको सम्झनामा १ मिनेट मौन धारण गरी सुरु भएको थियो ।