देश

ज्यान मार्ने उद्योगमा फरार अभियुक्त समातिए

काठमाडौं । ज्यान मार्ने उद्योगको मुद्दामा दोषी ठहर भई फरार एक व्यक्तिलाई प्रहरीले बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

गल्छी गाउँपालिका–५ का ३६ वर्षीय सूर्यबहादुर तामाङलाई शुक्रबार बेनीघाटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला अदालत धादिङले २०७० माघ ५ गते छ वर्ष कैद र रुएक लाख १० हजार जरिवाना गरे पनि उनी फरार रहँदै आएका थिए । उनले २०६१ साल कात्तिक १२ गते स्थानीयवासी ५५ वर्षीय लुङबहादुर मगरलाई धारिलो हतियार प्रयोग गरी घाइते बनाएका थिए ।