पर्यटन/संस्कृति

२५६२ औं बुद्ध जयन्तीको अवसरमा महोत्सव हुने

पोखरा । कास्की जिल्लाको मादी गाउँपालिकाको केन्द्र याङजाकोटमा २५६२ औं बुद्धजयन्तीका अवसरमा तीन दिने महोत्सव हुने भएकोछ ।

मिलन युवा क्लबको रजत महोत्सवको अवसर समेत पारी यही वैशाख १५, १६ र १७ गते विविध कार्यक्रम आयोजना गरिने आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष विकास गुरुङले जानकारी दिए ।

उनका अनुसार महोत्सवमा गाउँपालिकास्तरीय भलिबल, बास्केटबल, ठेलो हान्ने, घैँटो फुटाइ, रस्साकस्सी प्रतियोगिता, सांस्कृतिक नाचलगायतका प्रतियोगिता आयोजना गरिनेछ ।

प्रतियोगिता अन्तर्गत भलिबल र बास्केटबलमा प्रथम र द्धितीय हुने टोलीलाई क्रमश रु ५५ हजार र ३३ हजार रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने व्यवस्था छ ।

त्यस्तै नृत्यतर्पm प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमश रु ४० हजार, ३० हजार र २० हजार मेडल र प्रमाणपत्र तथा ठेलामा प्रथम र द्धितीयलाई क्रमश रु पाँच हजार र दुई हजार ५०० सहित मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका संस्थापक अध्यक्ष देवीजंग गुरुङले बताए ।

महोत्सव सम्पन्न गर्न रु सात लाख ६० हजार खर्च लाग्ने जानकारी दिँदै उनले सो रकम याङजाकोट घर भई वैदेशिक रोजगारको सिलसिलामा विभिन्न मुलुकमा रहेका युवाबाट रु छ लाख ५० हजार संकलन भइसकेको र अन्य सहयोग आउने क्रम पनि जारी रहेको बताए ।

याङजाकोटमा २०३८ सालदेखि बुद्धजयन्तीका दिनमा मेलाका रुपमा मनाउँदै आइएको महोत्सवलाई निरन्तरता दिन अक्षयकोष स्थापना गरिएको छ । कूल रु ५० लाख अक्षयकोष पु¥याउने लक्ष्यका साथ शुरु गरिएको उक्त कोषमा ४८ जना अक्षयकोष दाताबाट हालसम्म रु ३० लाख संकलन भइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।