राजनीति

एमाले र माओवादीले टेकेको जमिन कांग्रेसको होः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगन कुमार थापाले एमाले र माओवादीलाई विभिन्न गम्भीर आरोप लगाएका छन् । नेता थापाले एमाले माओवादी सच्चा कम्युनिष्ट नभएको पहिलो आरोप लगाएका हुन् ।

चितवनमा आयोजित संगठन सुदृढीकरण एवं पुनर्जागरण कार्यक्रममा थापाले एमाले र माओवादीले टेकेको जमिन कांग्रेसको भएको दाबी गर्दै उनले एमाले देशको ठुलो प्राईभेट कम्पनी भएको आरोप लगाएका छन् ।
नेता थापाले प्रदेश तथा स्थानीय तहमा ५ बर्षसम्म छायाँ सरकारको रुपमा काम गर्दै अगाडी बढ्नुपर्ने बताए । ‘निर्वाचनमा भएको हारलाई लिएर बस्ने बेला यो होइन’ उनले भने, ‘अब फेसबुकमा फोटो पोष्ट गरेर, काठमाडौंमा नेता भेट्ने होइन । एमालेले गर्ने हरेक आर्थिक अनियमिताको निगरानी गर्दै प्रतिवाद गर्नुपर्छ ।’

पार्टी हारेकोमा निराश नहुनु पर्ने बताउदैँ उनले भने, ‘असन्तुष्टि पोखेर मात्र बस्ने होइन, शिर उचो बनाएर काम गर्नुस्, चुनाव हारियो भनेर विचिलत हुन आवश्यक छैन ।’