आर्थिक

आइएमई लाइफ इन्स्योरेन्स र सेन्चुरीले गरे बैंक अस्योरेन्स सम्झौता

काठमाडौं । आइएमईलाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सेन्चुरी बैंक लिमिटेड बिच बैंक अस्योरेन्स सम्झौताभएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र सेन्चुरी बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले हस्ताक्षर गर्नुभएको छ ।

सो बैंक अस्योरेन्स सम्झौतापश्चात सर्वसाधरण तथा बैंकका ग्राहकहरुले सेन्चुरी बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो छरितो र सहज रुपमा आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सकिनेछ ।

आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ५० स्थानबाट विभिन्न शाखामार्फत सेवाप्रदान गर्दै आएको छ भने विभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक , बालशिक्षा , आजिवन , नगदर्फिता , साढे तीन गुणा रक्षा वरण लगायतका बीमा योजना ल्याएको छ । आईएमईलाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा बिस्तार गर्नु रहेको छ ।