राजनीति

आफू विरुद्ध जथाभावी बोल्नेलाई छोडिदैन्ः सभापती देउवा

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् कांग्रेश सभापति शेरबहादुर देउवाले आफूविरुद्ध आक्रमक शैलीमा प्रस्तुत हुने नेताहरुलाई अनुशासनको कारबाही गर्ने सम्मको तयारी थालेका छन् । देउवाले आफूविरुद्ध खनिने नेताहरु कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी लगायतका नेताहरुलाईपनि कडा चेतावनी दिएका हुन् ।

गत चैत ९ गतेदेखि जारी रहेको नेपाली काँग्रेसको केन्द्रिय कार्यसमिति बैठक सम्भवतः बिहिबार सकिँन लागेको छ । पार्टीको जारी केन्द्रिय समिति बैठकमा नेताहरुले बोल्ने क्रम जारी छ । बैठक पर्सी सम्पन्न गर्ने सभापतिको चाहना छ । सोही अनुसार भोलि केही नेताहरुले बोल्ने बुझिएको छ । कांग्रेस निकट उच्च स्रोतले भन्यो,‘सम्भवतः बैठक आजै सकिन्छ, यदि आज सकिएन भने भोलि कुनै पनि हालतमा सकिने छ ।’

देउवा निकट एक नेताले भने,‘पार्टी नेतृत्वको विरुद्धमा जथाभावी बोल्नेलाई सभापतिले छोड्नुुहुन्न, उनीहरुलाई अनुशासनको कारबाही गरिन्छ।’

बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायतले आफ्नो धारणा राख्न बाकी रहेको छ । चुनावी समीक्षा गर्न बसेको केन्द्रिय समिति बैठकमा आरोप प्रत्यारोपसहित जारी रहेको छ ।