अन्तर्राष्ट्रिय

उत्तर कोरियाबारे डरलाग्दा समाचार बाहिरिए

काठमाडौं । उत्तर कोरियाबारे पिछिल्लो समय डरालाग्दा समाचारहरु बाहिरिएका छन् । चनले मुख्य आणविक केन्द्रमाथिको पहाड भत्किएको समाचारहरु सार्वजनिक गरेको हो । चिन लगायत अन्य केही देशका सञ्चारमाध्यमहरुले विष्फोटको असरले पहाड भत्किएको दाबीसहितका समाचार प्रकाशमा ल्याएका छन् ।

जसका कारण त्यहाँ थप परीक्षण गर्न असुरक्षित हुनुका साथै उक्त दुर्घटनामा परमाणु विकिरण चुहिएको हुन सक्ने तथ्यहरु बाहिर आएका छन् । चीनको युनिभरसिटी अफ साइन्स एण्ड टेक्नोलोजीका वैज्ञानिकहरुले गरेको अध्ययनले यो कुरा पत्ता लगाएको हो ।

यो कुरा सार्बजनिक भएपछि उत्तर कोरियाली राष्ट्रपतिले हालसालै आफ्नो देशको आणविक परीक्षण कार्यक्रम रोक्ने घोषणा गरेको अनुमान गरिएको छ ।