देश

अस्पतालबाटै गर्जिए गृहमन्त्री थापा, विप्लबलाई घुमाउरो भाषामा अहिलेसम्मकै कडा चेतावनी

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लबलाई कडा चेतावनी दिएका छन् । जनसत्ता व्युँत्याउने नाममा गरिने आतंकलाई गृहमन्त्रालयले निर्मम बनेर नियन्त्रण गर्ने चेतावनी गृहमन्त्री थापाले दिएका हुन् ।

अज्ञात समूहको आक्रमणबाट गम्भीर घाइते मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठको अवस्था बुझ्न नेपाल–कोरिया मैत्री अस्पतालमा पुगेरका गृहमन्त्री बादलले अब जनसत्ता व्युँताउने नाममा गरिने आतंक कुनै हालतमा मान्य नहुने बताएका छन् । यदि यस्तो आतङ्क गर्नेलाई गृहमन्त्रालयले निर्मम ढंगले नियन्त्रण गर्छ,’ उनले भने, ‘कुनै पनि आतंकको नियन्त्रण गर्न सरकार प्रतिवद्ध छ ।’

थापाले घुमाउरो भाषामा विप्लप समूहतर्फ संकेत गर्दै आतंकारी बनी गतिविधि नगर्न चेतावनी दिएका छन् । उनले स्थायी सरकार गठन भएको स्मरण गराउँदै केही तत्वहरु अहिले कम्युनिष्ट एकता भाँड्न लागेको आरोप समेत लगाएका छन् ।

मेयर मदनसुन्दर श्रेष्ठको अवस्था अहिले सामान्य रहेको छ ।