विचित्र संसार

आमाले आफ्नै सन्तानलाई २०० रुपैयाँमा बेचेपछि…

काठमाडौं । चरम गरिबीमा बाँचिरहेका भारतका एक आदिवासी परिवारले बाँच्नकै लागि आफ्नै दुई वर्षीय सन्तानलाई २०० भारतीय रुपैयाँमा बेचिदिएको घटना बाहिर आएको छ ।

भारतको अगरतलादेखि १७० किलोमिटर टाढा रहेको धलाइ जिल्लाको गंडाचेरास्थित त्रिपुरागाउँको एक आदिवासी परिवारले दुई साताअघि दुई वर्षीय एक छोरालाई २०० भारतीय रुपैयाँमा बेचिदिएका हुन् ।

बीबीसीले उल्लेख गरेअनुसार भारतमा पछिल्ला १५ दिनमा आफ्नै सन्तान बेचिएको यो दोस्रो घटना हो ।

यसअघि, सोही गाउँमा ११ दिनको एक शिशु पाँच हजार भारुमा बिक्री भएको थियो ।

उक्त बालकका बाबु खनाजाँय रियांगले आफूले बेच्न नमानेको तर, उनकै आमाले २०० भारुमा बेचिदिएको बताए ।

स्थानीय बाल कल्याण विकास परियोजनाका अधिकृत आविद हुसैनले घटनाकाबारेमा जानकारी रहेको उल्लेख गर्दै कुनैपनि हालतमा बालक फिर्ता ल्याउने बताए ।

‘युनाइटेड न्यूज अफ इन्डिया’ समाचार संस्थाकाअनुसार धलाइ जिल्ला कार्यालयले घटना बाहिर आएपछि छानबिन समिति गठन गरेकोे छ । -एजेन्सी