स्वास्थ्य

झापामा औलो रोगी घटे

काँकडभिट्टा । भmापामा औलोको सङ्व्रmमण घटेको जिल्ला जनस्वाथ्य कार्यालय झापाले जनाएको छ ।

कार्यालयले ११ औँ औलो दिवसको अवसर पारेर बुधबार भद्रपुरमा आयोजना गरिएको कार्यक्रममा औलो रोग नियन्त्रण शाखाका भेक्टर कन्ट्रोलर जीवन चौलागाँईले सो जानकारी गराएका हुन् ।

तीन वर्षअघि जिल्लामा ४२ जना औलोका रोगी रहेका थिए । तर, सो सङ्ख्या घटेर अघिल्लो आर्थिक वर्षमा २२ जनामा झरेको छ । यसै आर्थिक वर्षको वैशाखसम्ममा सो सङ्ख्या अझ घटेर ४ जनामात्र औलोका बिरामी रहेको पाइएको भेक्टर कन्ट्रोलर चौलागाँइको भनाई छ ।

विसं २०२६ सम्ममा नेपाललाई औलोमुक्त बनाउने सरकारको योजनाअनुसार जिल्ला जनस्वास्थ्य कार्यालय निरन्तर लागिरहेकोे उनको भनाई थियो ।

उनले जिल्लाका बाहुनडाँगी, काँकडभिट्टा, पृथ्वीनगर र जलथल क्षेत्रका केही ठाउँहरुमा औलो सङ्क्रमित बिरामी पाइएको बताए । रोगको निदान गर्नका लागि जनस्वास्थ्य कार्यालयले किटनाशक औषधि छर्ने काम गरिरहेको समेत उनले जानकारी दिए ।

जनस्वास्थ्य अधिकृत मधुसुदन कोइरालाले औलो प्रभावित क्षेत्रका गर्भवती महिलालाई कार्यालयले यसै आर्थिक वर्षभित्रमा सातसय किटनाशक झुल वितरण गरिसकेको बताए ।

उनले औलोको सङ्क्रमण नियन्त्रणका लागि आफूहरुसँग पर्याप्त बजेट नभएको बताए । उनले खुला सिमानाका कारण भारतका विभिन्न क्षेत्रबाट आउने बिरामीका कारण पनि सङ्व्रmमण फैलिएको बताउँदै औलो उन्मूलन गर्न अझै केही समय लाग्ने बताए ।

झापाका प्रभावित स्थानीय तहका वडामा क्रमशः ९० देखि ७० प्रतिसतसम्मले कमी ल्याउँदै जाने योजना रहेको जनस्वास्थ्यका भेक्टर कन्ट्रोलर वेदप्रकाश घिमिरेले बताए ।