समाचार

जर्वजस्ती भित्र छिर्न खोज्दा भएको घटनामा सेनाको ध्यानाकर्षण

काठमाडौँ । दक्षिण सुडानस्थित संयुक्त राष्ट्र संघको मिशनको पश्चिमी क्षेत्र अन्तर्गत नेपाली शान्ति सैनिक खटिएको Aweil सुरक्षा वेशमा महिलाहरु पेरिमिटर तारबाट जर्वजस्ती भित्र छिर्न खोज्दा भएको घटना सम्वन्धमा विभिन्न अनलाइन तथा प्रिन्ट मिडियाहरुमा विभिन्न कोणबाट समाचार प्रकाशन भएको प्रति नेपाली सेनाको ध्यानाकर्षण भएको छ ।
उक्त घटना सम्वन्धमा UNMISS मिशन मुख्यालयसँगको समन्वय तथा सहकार्यमा छानविन समिति गठन गरी कार्य अघि बढिसकेको छ । नेपाली सेनाले SEA मा शुन्य सहनशिलताको नीतिलाई कडाइका साथ लागु गरिरहेको सन्दर्भमा उक्त छानविन समितिको रिपोर्टमा नेपाली शान्ति सैनिक दोषी पाइएमा सैनिक ऐन अनुसार कारवाहि गरिने स्पष्ट गर्न चाहेको कुरा सैनिक जनसम्र्पक निर्देशनालयले जनाएको छ ।