राजनीति

बम बिष्पोटको भत्सना गर्दै आयुक्त शर्माले यसरी भनिन् कर्मचारीलाई नालायक र काम चोर, अरुलाई के के भनिन् !

काठमाण्डौ । निर्बाचन आयोगका प्रमुख आयुक्त अयोधी प्रसाद यादबको घरमा बम बिष्पोट भएकोमा आयुक्त ईला शर्माले ब्यक्तीगत रुपमा आपत्ति जनाएकी छन् ।
देशका महत्वपूर्ण तीतवटा निर्बाचन गराउन सफल भएका प्रमुख आयुक्त यादबको ललितपुरको हरिसिद्धिस्थित घरमा बम बिष्पोट भएर क्षती पुगेपछि निर्बाचन आयोगको बैठकले उक्त कार्यको भत्र्सना गरेपनि शर्माले बिष्पोटनको बिरुद्धमा आफ्नो फेसबुकमा जे पायो उही लेखेर राजनीतिक दलका नेता कार्यकर्ताहरु, उमेर्द्वार, पत्रकार, कर्मचारी र ब्यापारी सबैलाई गाली गरेकी छन् ।

बम बिष्पोटको घटना सबै पक्षले भत्सना गर्नुपर्ने भएपनि संबैधानिक पदमा बसेकी शर्माले यसरी पुरै समुदायलाई गाली गर्नु अशोभनीय देखिन्छ ।

पूर्बपत्रकार समेत रहेकी शर्माले कर्मचारीलाई नालायक र कामचोरको उपमा दिएकी छन् भने पत्रकारहरुलाई आयोगसंग असन्तुष्ट भएकाको हात हुन सक्छ भनेकी छन् ।

आयुक्त शर्माको आफ्नै शब्दमा,

“निर्वाचन गराउंदा शत्रु कमाइनु स्वाभाविक हो।निर्वाचन कसैलाई खुशी निर्वाचन गराउंदा शत्रु कमाइनु स्वाभाविक हो। निर्वाचन कसैलाई खुशी गराउन गरिएको कर्तव्य होइन। धेरै बेखुशी छन् ! निर्वाचनमा लाग्ने सबैले, घर परिवार नभनी जीवनको केही वर्ष पूरै मुलुकलाई दिएका छन्। निर्वाचन सक्कियो, जनमानसबाट आयोग पनि बिलायो, तर देशको प्रशासनले सुरक्षाको हेक्का राख्नु पर्थ्यो।

आयुक्त शर्माको फेसबुक स्क्रिनसर्ट

दलका असन्तुष्ट व्यक्ति, उम्मेदवार, असन्तुष्ट पत्रकार, कामचोर र नालायक असन्तुष्ट कर्मचारी, व्यापारी देखि धेरै रिसाएका होलान्। यसरी ‘काम लेउ र फालु’ प्रवृत्तिले भोलिका दिनमा जीवनको अमूल्य समय समर्पण गरेर मुलुकका लागि काम गर्ने भावनाका व्यक्ति निरुत्साहित हुने छन्। # प्रसंग-प्र आयुक्तको निवासमा बम विस्फोट।” 

प्रमुख आयुक्त यादबको घरमा बिष्पोटपछि……..