राजनीति

एमाले–माओबादी एकता हात्ति आयो हात्ति आयो फुस्सा

काठमाण्डौ । नेकपा एमाले र माओबादी केन्द्रबीच आज एकता हुने भनेर केहि महिना अगाडिलेखि नै मिति तोकिएपनि एकता घोषणा कार्यक्रम देख्न पाईएन । एमाले अध्यक्ष केपी शर्मा ओली र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालबीच एकताका लागि गाँठो फुकाउन केहिदिनदेखी दैनिक लामो वार्ता भएपनि आज पार्टी एकताले मूर्त रुप लिन सकेन ।

माओबादी केन्द्रले एमालेभित्र नै आन्तिरिक रुपमा एकताका लागि एकमत हुन नसकेको आरोप लगाएको छ भने एमालेका नेताहरु त्यस बिषयमा खुलेर बोलेका छैनन् । नेकपा कम्न्युष्ट पार्टीका नेता मोहनबिक्रम सिंहले कम्न्युष्ट एकता भाँड्न देशी बिदेशी शक्तीहरु जिउज्यान दिएर लागेको आरोप लगाएका छन् भने एमाले र माओबादी केन्द्रले आज दुबै पार्टीको संयुक्त मन्त्तब्य दिने क्रममा आफ्नो बचाउ गरेका छन् ।

अध्यक्ष दहालले पार्टी एकता अब कुनै मिति घोषणा गरेर भन्दा जनतालाई आश्चार्य पर्नेगरी एक्कासी हुने बताएका छन् । अहालका कार्यकर्ताहरुले लेनिन दिबसको दिन पारेर गरिएको कार्यक्रममा ब्यानरमा माओबादी केन्द्रसहित दुई पार्टीको नराखिएको भन्ने कुरामा बिबाद भएपछि कार्यक्रममा दुबै पार्टीको ब्यानर राखेर कार्यक्रम गरिएको थियो ।

नेकपा एमाले र माओबादी केन्द्र एकीकरण गर्ने भनेर एकता समितिले चरण चरणमा बैठक राखेपनि कुरा नमिलेपछि दुबै पार्टीका अध्यक्ष ओली र दहालको बैठक बसेको थियो ।

उनीहरुले पद मिलाउनुको कारण पार्टी एकता नभएको बताएपनि चुरो भनेको माओबादीले पार्टीको अध्यक्ष नछाडेको र एमालेले समेत उही पद नछाडेको कारण पार्टी एकता हुन नसकेको राजनीतिक बिश्लेशण गर्न सकिन्छ ।

पार्टी एकता गर्दा एमाले अध्यक्ष केपी शर्मा ओली र माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल दुबै सह अध्यक्ष रहनेगरी सम्झौता भएपनि महाधिवेशनपछि पुष्पकमल दहालले आफूलाई अध्यक्ष लिखित रुपमा नै दिनुपर्छ भनेपछि त्यो हुन नसक्ने अडान लिएको थियो । एमाले नेता बिष्णु पौडेलले संचारमाद्यममा नै उक्त कुरा बताएका थिए ।

शनिबारमात्र काठमाण्डौको एक साक्षात्कार कार्यक्रममा आईतबार पार्टी एकीकरण हुने र आजौ दिनलाई पार्टीको दिबश बनाईने एमाले उपाधयक्ष युवराज ज्ञवालीले बताएपनि उक्त कुरा खेर गयो ।

माओबादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले माओबादीमा भन्दा पाटी मिलनको आन्तरिक गृहकार्य पुरा गर्न एमालेमा समस्या भएको बताएकी छन् । आज बसेको माओबादी केन्द्रको छुट्टै बैठकको निश्कर्ष सुनाउदै उनले त्यसो भनेकी थिईन् ।

माओबादी अध्यक्ष दहालले केही महिना लम्बिने बताएपछि तत्कालका लागि माओबादी एकता तुहिएको छ । दुर्ब बाम एकता हात्ति आयो हात्ति आयो फुस्सा हुने हो कि भन्ने आसंका जन्मिन थालेको छ ।

पार्टी एकताका लागि राखिएको मितिमा एकता हुन नसकेपछि अब पार्टी एकता नै नहुने हो कि भन्ने प्रश्नचिन्ह समेत बामबृतमा छलफलको बिषय बन्न थालेको छ ।