शिक्षा

इक्यानमा पाण्डे निर्वाचित (टिमसहित)

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित भएका छन् । आज बिहान सम्पन्न भएको मतगणनामा पाण्डेले सरोजकुमार बस्नेतलाई १२ मतको अन्तरले पराजित गर्दै निर्वाचित हुनुभएको इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए ।

शनिबार नयाँ नेतृत्व चयन गर्नका लागि इक्यानको १२औँ साधारण सभाले अध्यक्षमा पाण्डेसहित १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कूल खसेको ३४३ मतमध्ये पाण्डेले १७७ मत पाउनुभएको थियो भने बस्नेतले १६५ मत ल्याएका थिए।

यसैगरी उपाध्यक्षमा महेशबाबु तिमल्सिना , राजेन्द्र रिजाल र देवीदास भट्टराई निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा पाण्डे समूहबाट शेषराज भट्टराई निर्वाचित भएका छन् ।

त्यस्तैगरी सचिवद्वयमा दीपकराज भुसाल र विक्रम केसी तथा कोषाध्यक्षमा गोविन्द अधिकारी र सह–कोषाध्यक्षमा निरुपमा महर्जन निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा वासुदेव दाहाल, कर्णबहादुर गुरुङ, सुस्मा आचार्य, सुदन चौहान, बालकृष्ण (बिके) श्रेष्ठ, प्रकाश श्रेष्ठ, सुनिता श्रेष्ठ, यज्ञविलास पौडेल र प्रशान्त शाह विजय भएका छन् । इक्यानमा पाँच जिल्ला शाखासहित करीब ५०० परामर्श केन्द्र आबद्ध रहेका छन् ।